२०८३ साउन २१ गते बिहीबार

सेतीमा माछा मार्न गएका एक जनाको शव फेला, एकको खोजि जारी

सेतीमा माछा मार्न गएका एक जनाको शव फेला, एकको खोजि जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १४ गते सोमबार ११:४०

स्थानीय ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ ।

पोखरा

सशस्त्र प्रहरीले पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव निकालेको छ । अर्का एक जनाको भने खोजी कार्य जारी छ ।

माछा मार्न गएका ५ जनामध्ये पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मंगा तामाङको शव ढुंगामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टोलीले गएराति पौने १ बजे शव निकालेको हो ।

स्थानीय ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ । फेला परेको शव पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ ।

माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।

प्रकाशित मिति २०८० फागुन १४ गते सोमबार ११:४०
हजुरको प्रतिक्रिया