२०८३ साउन २१ गते बिहीबार

पाेखरा महानगर र छाेरेपाटन माविकाे खिचातानीमा ‘डेभिड फल’

पाेखरा महानगर र छाेरेपाटन माविकाे खिचातानीमा ‘डेभिड फल’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ३० गते मंगलबार ०८:२६

पाेखरा ।  पाेखराकाे प्रमुख पर्यटकीय स्थलमध्येकाे एक डेभिड फल (पातले छाँगाे) बर्षाैदेखि पाेखरा १७ स्थित छाेरेपाटन माविले भाेगचलन गर्दै आएकाे थियाे । वि.सं २०३५ सालदेखि भाेगचलन गर्दै डेभिडफलमार्फत हुने आम्दानीसमेत आफूखुसी खर्च...

छाेरेपाटन माविकाे दावी के हाे ?

पाेखरा ।  पाेखराकाे प्रमुख पर्यटकीय स्थलमध्येकाे एक डेभिड फल (पातले छाँगाे) बर्षाैदेखि पाेखरा १७ स्थित छाेरेपाटन माविले भाेगचलन गर्दै आएकाे थियाे । वि.सं २०३५ सालदेखि भाेगचलन गर्दै डेभिडफलमार्फत हुने आम्दानीसमेत आफूखुसी खर्च गर्दै आएकाे छाेरेपाटन मावि यतिबेला पाेखरा महानगरपालिकाकाले डेभिडफलमा अघि सारेकाे परियाेजनाका कारण अप्ठ्याराेमा परेकाे छ ।

पोखरा महानगरपालिकाले पाताले छाँगाेमा अहिले सार्वजनिक नीजि साझेदारी परियाेजना अन्तर्गत सिसा पुल निर्माण गर्न लागेकाे छ । महानगरले अघि सारेकाे परियोजनामा छोरेपाटन माध्यमिक विद्यालयलाइ कुनै जानकारी नदिइएकाे वा सामेल नगरिएकाे भन्दै माविले आपत्ति जनाएकाे छ ।

वि.सं २०३५ सालदेखि उक्त स्थानमा भोगचलानको आधिकार प्राप्त गरेको र विद्यालयले पातले छाँगाेको आम्दानीमार्फत् विद्यालयको व्यवस्थापन गरिरहेकाे हुँदा साे स्थलकाे आम्दानी गुम्ने डर यतिवेला विद्यालयलाइ छ । यसाे त हालसम्म माविले आफ्नै लगानीमा पातालेछाँगोको संरक्षण र सम्वर्धन समेत गर्दै आएको छ । तर अहिले महानगरले विभिन्न परियाेजना भन्दै आफूहरूबाट पाताले छाँगाको स्वामित्व खाेस्न लागेकाे विद्यालयकाे दावी छ ।

यता, पोखरा महानगरले निर्माण गर्न लागेको ३ परियोजनामध्ये १ डेभिजफलमा निर्माण हुन लागेको ग्लास बिज्र हो । जून परियोजना गत वर्ष पुसमा बसेको पोखरा महानगरको छैटौं नगर सभा तथा विधानसभाले सार्वजनिक निजी साझेदारी (पिपिपी) अन्तर्गत ३ परियोजना अगाडि बढाउने सैद्धान्तिक सहमति दिएको थियो । अहिले उक्त परियोजना अगाडि सार्दै सेती क्योनिङ प्रालिद्वारा परियोजना निर्माण गर्न लगाउने तरखरमा महानगर अगाडि बढेकाे छ ।

छाेरेपाटन माविलाइ पाेखरा उपत्यका नगर विकास समितिले भाेगचलनकाे अधिकार भनेर भाेगचलन नै दिएकाे नभएपनि संरक्षण र संवर्धनसहित प्रयाेग गर्नका लागि भनेर निर्णय भएकाे देखिने नगरविकास अधिकृत अशाेक सुनारले बताए ।

महानगरले डेभिडफललाइ आकर्षक र पर्यटकहरूकाे आकर्षणकाे केन्द्र बनाउनका लागि ग्लास ब्रिज निर्माण गर्न लागेकाे जनाएकाे छ । सार्वजनिक नीजि साझेदारी परियाेजना अन्तर्गत सेती क्योनिङ प्रालिलाइ निर्माण र त्यसपछिकाे आम्दानीका लागिसमेत जिम्मा लगाउने तथा साे मार्फत आउने आम्दानी रकमकाे केहि प्रतिशत उक्त माविका लागि समेत छुट्टयाइने जनाएकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर ३० गते मंगलबार ०८:२६
हजुरको प्रतिक्रिया