पोखरा ।
पाेखराकाे कुमुदिनी होम्स माध्यमिक विद्यालयका विद्यार्थीले आज बृहत् विज्ञान प्रदर्शनी गरेका छन् ।
परिक्षाको तयारीमा रहेको कारण १० र १२ कक्षा बाहेक १ देखि ११ कक्षाका विद्यार्थीहरु विज्ञान प्रदर्शनीमा सहभागि भएका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
गुरुहरुबाट पाएको ज्ञानलाई व्यवहारीक तथा प्रयोगात्मक हिसाबले प्रस्तुत गर्न विद्यार्थीहरु सफल भएको पालिखेले बताए । विद्यार्थीहरुले विज्ञान, प्रविधि, निर्माण विकासका संरचना, शहरी र नेपालको ग्रामिण परिवेशको झझल्को दिनेगरी निर्माण गरेका सामाग्रीकाे प्रदर्शन गरेका थिए ।

कुमुदिनी हाेम्सले नयाँ शैक्षिक पद्धतिलाई अवलम्बन गरेकाे पालिखेले बताए । उनले भने, कास्कीमै हामीले पहिलो पटक ब्रिटिश कोर्ष इन्टरनेशनल प्राइमरी करिकुलम अनुसारको पढाई संचालन गयौं ।
यस्तै न्यूजिल्याण्डको थ्रि डिआई कम्प्युटर कोर्षको अतिरीक्ता कक्षा संचालन भईरहेको जानकारी दिए । यसका साथै शिक्षकहरुका लागि फिजिकल तथा अनलाईन तालिमको व्यवस्था र विद्यार्थी अभिभावकको लागि उत्प्रेरणा जगाउने कार्यक्रमहरु निरन्तर भईरहेकाे बताए ।
प्रदर्शनीलाई अभिभावक र शैक्षिक सरोकार राख्ने व्यक्तित्वहरुले अभिरुचिका साथ अवलोकन र विद्यार्थीसंग सवालजवाफ गरेका थिए ।
प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार ०६:३७




