२०८३ साउन २१ गते बिहीबार

लागुऔषध विरूद्द विद्यार्थी, आमा समुह र टोल विकास संस्थालाई सचेतना

लागुऔषध विरूद्द विद्यार्थी, आमा समुह र टोल विकास संस्थालाई सचेतना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १८ गते शुक्रबार ०७:४१

पोखरामा लागुऔषध नियन्त्रण गर्न विद्यालयका विद्यार्थी, आमा समुह तथा टोल विकास संस्थालाई सचेतना दिइएको छ । पोखरा महानगर वडा नं. ६ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यलय बैदाम, पब्लिक फोरके टेलिभिजन र नवजीवन...

पोखरामा लागुऔषध नियन्त्रण गर्न विद्यालयका विद्यार्थी, आमा समुह तथा टोल विकास संस्थालाई सचेतना दिइएको छ ।

पोखरा महानगर वडा नं. ६ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यलय बैदाम, पब्लिक फोरके टेलिभिजन र नवजीवन नेपाल लागुऔषध उपचार तथा पुनस्थापना केन्द्रको सहकार्यमा उक्त सचेतना कार्यक्रम भएको हो ।

पोखरा–६ बैदाम मा रहेको तालबाराही माध्यमिक विद्यालयका विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतनामूलक प्रशिक्षण दिइएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपि मोहन कुमार थापाले पछिल्लो समय कास्कीमा लागुऔषध मुद्दामा पक्राउ पर्नेको संख्या बढि भएको जानकारी दिए ।

उनले लागुऔषधमा फस्ने पनि बढि बालबालिका हुने भएकाले विद्यालयलायृ लक्षित गरि सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको बताए ।

कार्यक्रममा पोखरा महानगर—६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले यस्ता सचेतना मुलक कार्यक्रमले बालबालिकालाई लागु पदार्थ सेवनबाट सचेत रहन मद्दत गर्ने बताए ।

वडा प्रहरी कार्यालयका बैदाम प्रमुख प्रहरी नायब उपरिक्षक राजेद्र श्रेष्ठले लागुऔषध नियन्त्रण गर्न प्रहरीको प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

कार्यक्रमा करिब १ सय ५० जना विद्यार्थी सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार ०७:४१
हजुरको प्रतिक्रिया