२०८३ साउन २१ गते बिहीबार

रक्सी खाएर होहल्ला, नक्कली बन्दा पक्राउ

रक्सी खाएर होहल्ला, नक्कली बन्दा पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १८ गते शुक्रबार ०७:४५

पोखरा । शुक्रबार विहान साढे २ बजे रक्सीले मातेका २ युवा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा हल्ला गर्दै हिँडे । रेडियो सेट (वाकिटाकी) बोकेका यी दुई हल्ला गर्दै भन्थे, ‘हामी प्रहरीको ठुलै व्यक्ति हौं ।’ मस्त निन्द्रामा रहेका स्थानीयलाई...

पोखरा ।

शुक्रबार विहान साढे २ बजे रक्सीले मातेका २ युवा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा हल्ला गर्दै हिँडे ।

रेडियो सेट (वाकिटाकी) बोकेका यी दुई हल्ला गर्दै भन्थे, ‘हामी प्रहरीको ठुलै व्यक्ति हौं ।’ मस्त निन्द्रामा रहेका स्थानीयलाई प्रहरीको रवाफ दिदैं आतंक मच्चाएपछि आजित भए ।

प्रहरी भन्दै रक्सीले मातेका युवाले स्थानीयलाई त्रसित बनाएपछि प्रहरी कार्यालयमै उजुरी प¥यो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ति दुईलाई नियन्त्रणमा लिएपछि खुल्यो कि उनीहरु त नक्कली प्रहरी थिए ।

नक्कली प्रहरी बनेर हल्ला गर्दै हिँडेका पोखरा महानगरपालिका–६ शान्तिनगरचोक बस्ने ३२ वर्षीय नारायण गिरी र सप्तरीको डाक्लेश्वरी नगरपालिका–७ घर भइ पोखराको फुलबारी बस्दै आएका २१ वर्षीय विकेक ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरले जानकारी दिए ।

सुरुमा प्रहरीले सम्झाउन खोजेपनि उल्टै अभद्र व्यवहार गरेको उनको भनाइ छ ।

‘प्रहरीले सम्झाइ बुझाइ गर्दा उल्टै ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द गालीगलौज गरेपछि अभद्र व्यवहार मुद्वामा पक्राउ गरिएको छ’, उनले भने ।

अभद्र व्यवहार मुद्वामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धा अगाडि बढाएको प्रहरी निरीक्षक रानाले जानकारी दिए ।

 

प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार ०७:४५
हजुरको प्रतिक्रिया