२०८३ साउन २१ गते बिहीबार

लुइँटेलको नेतृत्वमा इन्जाको नयाँ कार्यसमिति

लुइँटेलको नेतृत्वमा इन्जाको नयाँ कार्यसमिति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २० गते आइतबार १०:२२

सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इन्जाको अमेरिकामा मुख्यालय छ भने एसिया, युरोप र अफ्रिकामा शाखा छन् ।

जापान

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले गुणराज लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति पाएको छ ।

इन्जाको शुक्रबार भएको अन्तर्राष्टिय टोकियो सम्मेलनले लुइँटेलको नेतृत्वमा आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षत्रयमा टंक पन्त, किशोर सापकोटा र ददि सापकोटा, महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, रीता सापकोटा, कमल ढकाल, धु्रव पौडेल, विष्णु शर्मा, डावा ढकाल, विनेश खनाल, विजय थापा र खेम भट्टचन कार्यसमितिको सदस्यमा चयन भएका छन् ।

निर्वाचन कमिटीमा वरिष्ठ पत्रकार भूषण घिमिरेको संयोजकत्वमा पत्रकारद्वय कृष्णा पौडेल र सिर्जना ढकाल थिए ।

इन्जा डेका अवसरमा आयोजित अन्तरक्र्रियामा टोकियोस्थित नेपाली दूतावासका नियोग उपप्रमुख एवं काउन्सुलर अम्बिकाप्रसाद जोशीले विश्वभरि छारिएर बसेका सबै नेपालीहरु आपसमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नका इन्जाले ब्रेन सर्कुलेशनका कार्यक्रमहरु प्रबद्र्धन गर्न सुझाव दिए ।

‘वस्तुनिष्ठ र सामाजिक उत्तरदायित्वका हिसावले सकरात्मक समाचार प्रवाह गर्न विदेशमा रहेका पत्रकारहरु सक्षम हुने विश्वास छ’, उनले भने ।

इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले व्यक्ति विशेषले कुनै लाभ प्राप्तिका लागि सामाजिक सञ्जालका माध्यमबाट प्रसारण गरेका सबै सामग्रीलाई पत्रकारिताका रुपमा बुझिदिँदा समाजमा द्विविधा उत्पन्न भएको बताए ।

‘सत्य तथ्यमा आधारित विषयवस्तु जनमानसमा सही तरिकाले पुर्‍याउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्छ’, लुइँटेलले भने, ‘इन्जाले विभिन्न देशमा रहेका नेपाली नियोगहरुसँग नजिक रहेर सहकार्य गर्न संस्था तयार छ ।’

संस्थाका उपाध्यक्ष टंक पन्तले इन्जाको उद्देश्यअनुरुप संकटमा रहेका नेपाली सञ्चारकर्मीलाई गरिँदै आएको सहयोगको बारेमा इन्जा केन्द्रित रहने बताए । एभरेष्ट इन्टरनेशनल स्कूलका प्राचार्य विष्णुप्रसाद भट्टले सामाजिक रुपपान्तरणमा मिडियाको महत्वपूर्ण भूमिका रहने बताए ।

सो अवसरमा एनआरएन ग्लोबलका वरिष्ठ उपाध्यक्ष रविन शेरचन, महिला विभागकी प्रमुख अनिता गुरुङ, साहित्यकार मञ्जु गिरी, पत्रकार मनिषा चौलागाईं र दीपक गौतमले प्रवासमा रहेका नेपालीका समस्या र समाधान गर्न चालिनुपर्ने कदमबारे रायसुझाव दिएका थिए ।

सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इन्जाको अमेरिकामा मुख्यालय छ भने एसिया, युरोप र अफ्रिकामा शाखा छन् ।

प्रकाशित मिति २०८० फागुन २० गते आइतबार १०:२२
हजुरको प्रतिक्रिया