२०८३ साउन २१ गते बिहीबार

गण्डकीका मुख्यमन्त्रीले माओवादीका मन्त्री बर्खास्त गरे

गण्डकीका मुख्यमन्त्रीले माओवादीका मन्त्री बर्खास्त गरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २२ गते मंगलबार ११:१४

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा...

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त गरेका छन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै प्रदेशमा यसका वाछिटाहरू देखा पर्न शुरू भएका छन्  ।

प्रकाशित मिति २०८० फागुन २२ गते मंगलबार ११:१४
हजुरको प्रतिक्रिया