पाेखरा । कास्की प्रहरीले पछिल्ला केहि दिन यता निरन्तर लागू औषध सहित साे काराेवारमा संलग्न व्यक्तीहरूलाइ पक्राउ गरिरहेकाे छ । ठूलाे परिमाणमा लागूऔषध र ठूला काराेवारी समात्न नसकेपनि छिटपुट खुद्रा काराेबार गर्ने काराेबारीहरू भने निरन्तर पक्राउ परिरहेका छन् ।
बुधबार मात्र पाेखराकाे विभिन्न स्थानबाट तीन जना काराेबारीलाइ कास्की प्रहरीले पक्राउ गरेकाे छ । जसमध्ये पाेखराकाे न्यूराेडबाट सिमित मात्राकाे लागूऔषधसहित एक व्यक्ती प्रकाउ परेका छन् भने पोखराकै रामकृष्णटाेलबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहररी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा ४ रामकृष्णटोलबाट लागुऔषधको ठूलो मात्रा सहित मंसिर ३० गते हिजो मंगलबार २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा ४ रामकृष्णटोलका ३३ वर्षीय कुमार श्रेष्ठ तथा भक्तपुर स्थायी घर भइ हाल पोखरा ४ रामकृष्णटोलमा बस्दै आएका लक्ष्मीकृष्ण भासिमा रहेका छन् ।
पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले डाइजापाम १ सय १३ एम्पुल, फेनेरागन १ सय १३ एम्पुल, नुर्फिन १ सय १३ एम्पुल तथा २ थान मोबाइल समेत बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति २०७७ पुस १ गते बुधबार ०६:३४




