२०८३ साउन २१ गते बिहीबार

लोक सेवाले माग्यो ५३७ खरिदार

लोक सेवाले माग्यो ५३७ खरिदार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ३० गते बुधबार ०२:५८

आयोगले धनकुटामा ३८, इलाममा ३१, खोटाङमा २६, जलेश्वरमा ७१, काठमाडौंमा ११८, हेटौंडामा १६, पोखरामा ४५, बागलुङमा २०, बुटवलमा ३५, दाङमा २७, सुर्खेतमा ३१, जुम्लामा १८, दिपायलमा ३४ र महेन्द्रनगरमा २७ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

काठमाडाैं ।
लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार माग गर्दै दरखास्त आह्वान गरेको छ।

आयोगले आज सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार (राजपत्र अनंकित द्वितीयश्रेणी अप्राविधिक) का लागि आवेदन माग गरेको हो। आयोगले धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा रहेका आफ्ना कार्यालयमा आवेदन दिन सकिने जनाएको छ।

लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट ५ सय ३७ जना खरिदार कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि यही चैत २० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ।

दोब्बर दस्तुर तिरेर भने चैत २७ सम्म आवेदन दिन सकिने छ। सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ गते बिहान ११ बजे हुने आयोगले जनाएको छ। त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने सूचनामा उल्लेख छ।

आयोगले धनकुटामा ३८, इलाममा ३१, खोटाङमा २६, जलेश्वरमा ७१, काठमाडौंमा ११८, हेटौंडामा १६, पोखरामा ४५, बागलुङमा २०, बुटवलमा ३५, दाङमा २७, सुर्खेतमा ३१, जुम्लामा १८, दिपायलमा ३४ र महेन्द्रनगरमा २७ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

लाेकसेवाले जारी गरेकाे सूचना हेर्नुहाेस् ।

प्रकाशित मिति २०८० फागुन ३० गते बुधबार ०२:५८
हजुरको प्रतिक्रिया