२०८३ साउन २१ गते बिहीबार

पोखरामा विश्व खाद्य कार्यक्रमको सहायता स्थल बन्दै

पोखरामा विश्व खाद्य कार्यक्रमको सहायता स्थल बन्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ७ गते बुधबार ०५:३५

सहायतास्थलले आपतकालिन राहत र उद्धारका सामग्रीको पूर्वभण्डारण, प्राप्ती, भण्डारण, पुन प्याकेजिङ, तथा विपद्पछि तोकिएको स्थानमा ढुवानी र वितरणमा सजिलो हुने उनको भनाइ छ ।

पोखरा

पोखरामा मानवीय सहायता स्थल बन्ने भएको छ । विश्व खाद्य कार्यक्रमले पोखराको घारीपाटनस्थित पूरानो विमानस्थलमा मानवीय सहायता स्थल बनाउन लागेको हो ।

बिहीबारदेखि निर्माण सुरु हुने सहायता स्थल ४ महिनामा सक्न लक्ष्य रहेको विश्व खाद्य कार्यक्रमका कार्यक्रम प्रबन्धक मोति थापाले जानकारी दिए । उनका अनुसार १६१ हजार अमेरिकी डलर लागतमा निर्माण हुनेछ । यूरोपेली युनियनको सहयोगमा सहायता स्थल बनाउन लागिएको हो ।

‘निर्माण सकिएपछि हाललाई उपकरण, औजार राखिनेछ । विपत्मा चाहिने खाद्यन्न भण्डारण गर्न पनि सकिन्छ’, उनले भने ।

सहायतास्थलले आपतकालिन राहत र उद्धारका सामग्रीको पूर्वभण्डारण, प्राप्ती, भण्डारण, पुन प्याकेजिङ, तथा विपद्पछि तोकिएको स्थानमा ढुवानी र वितरणमा सजिलो हुने उनको भनाइ छ ।

यसअगाडि विश्व खाद्य कार्यक्रमले काठमाडौं, भैरहवा, धनगढी, विरगञ्ज, बर्दीवास लगायत देशका ११ स्थानमा मानवीय सहायता स्थल बनाइसकेको संञ्चार अधिकृत मोनिका उपाध्यायले बताइन् । ती सहायतास्थलको २२० मेट्रिक टन खाद्यन्न भण्डार गर्न सक्ने क्षमता छ ।

कसरी सबैका लागि खाद्यन्न पु¥याउन सकिन्छ कार्यक्रमको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

‘काम गर्ने मोडालिटीमा परिवर्तन गरेका छौं । पहिला जस्तो फिल्डमा गएर काम गर्नुको सट्टा प्रदेश र स्थानीय तहलाई सघाउने गरेका छौं’, उनले भनिन्, ‘कसरी सबैका लागि खाद्यन्न पु¥याउन सकिन्छ त्यसमा ध्यान छ । गण्डकी खाद्यन्नमा सुरक्षित भएकाले यहाँ जलवायु परिवर्तन सम्बन्धि मुद्वामा काम गर्नेछौैं ।’

पोखरामा स्थापना हुने सहायता स्थलले गण्डकी प्रदेशका जनता विपतका बेला लाभन्वित हुने उपाध्यायले उल्लेख गरिन् ।

प्रकाशित मिति २०८० चैत ७ गते बुधबार ०५:३५

हजुरको प्रतिक्रिया