२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा घट्याे काेराेना परिक्षण, ताजा अवस्था यस्ताे

गण्डकी प्रदेशमा घट्याे काेराेना परिक्षण, ताजा अवस्था यस्ताे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २ गते बिहीबार ०४:४६

पाेखरा । वितेकाे २४ घण्टामा गण्डकी प्रदेशमा थप ८२ जना काेराेना भाइरसका संक्रमित भेटिएका छन् । कुल ३८८ जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । गण्डकी प्रदेशमा पछिल्ला केहि...

पछिल्लाे २४ घण्टामा १ जनाकाे ज्यान गयाे, ८२ संक्रमित थपिए

पाेखरा । वितेकाे २४ घण्टामा गण्डकी प्रदेशमा थप ८२ जना काेराेना भाइरसका संक्रमित भेटिएका छन् । कुल ३८८ जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । गण्डकी प्रदेशमा पछिल्ला केहि दिनयता काेराेना परिक्षणकाे दरमा भारी गिरावट देखिएकाे छ ।

यहि अवधीमा प्रदेशभर थप १ जनाकाे ज्यान गएकाे छ । यता, याे २४ घण्टामा १४९ जना निकाे भएर घर फर्किएकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यता प्रदेशभर हालसम्म् कुल १ लाख १५ हजार ९९२ जनाकाे परिक्षण सम्पन्न भएकाे छ । जसबाट हालसम्म १३ हजार ६ सय ६५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । प्रदेशभर हालसम्म् ११ हजार ९१४ जना निकाे भएका छन् भने प्रदेशभर हालसम्म काेराेना भाइरसकाे संक्रमणपछि १८७ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेशभर हालसम्म १ हजार ५ सय ६४ जना सक्रिय संक्रमित रहेकाे निर्देशनालयले जनाएकाे छ ।

कास्कीमा हालसम्म् ६ हजार १६७ जनामा काेराेना पुष्टि भएकाे छ भने ५ हजार ४० जना निकाे भइसकेका छन् । कास्कीमा हाल १ हजार २१ सक्रिय संक्रमित रहेका छन् । हालसम्म काेराेनाका कारण कास्कीका १०६ जनाले ज्यान गुमाइसकेकाे निर्देशनालयकाे विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति २०७७ पुस २ गते बिहीबार ०४:४६
हजुरको प्रतिक्रिया