२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरपालिकाको सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ

पोखरा महानगरपालिकाको सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १४ गते बुधबार ०४:४८

नयाँबजारमा रहेको पोखरा महानगरपालिकाको स्टोरको ताल्चा फोडेर घर नक्सा शाखाको अभिलेख चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए ।

पक्राउ परेका दुईको साथबाट ३९ थान घर नक्साको फाइल बरामद

पोखरा

पोखरा महानगरपालिकाबाट काजगत चोर्ने २ युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भइ पोखरा महानगरपालिका–९ बस्ने २८ वर्षीय सुबिर थापा मगर र २९ वर्षीय सरोज थापा मगर रहेका छन् ।

सोमबार दिउँसो साढे ३ बजे नयाँबजारमा रहेको पोखरा महानगरपालिकाको स्टोरको ताल्चा फोडेर घर नक्सा शाखाको अभिलेख चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए । पहिला सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र रहेको भवनलाई महानगरपालिकाले स्टोर बनाएको छ ।

ताल्चा फोडेर घरनक्साको अभिलेख चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुईको साथबाट ३९ थान घर नक्साको फाइल बरामद भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

चोरी सम्बन्धि कसुरमा कास्की अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८० चैत १४ गते बुधबार ०४:४८
हजुरको प्रतिक्रिया