२०८३ साउन २१ गते बिहीबार

सडक दुर्घटनाको डर लाग्दो तथ्याङ्कः दैनिक ७ जनाको मृत्यु, ८३ जना घाइते

सडक दुर्घटनाको डर लाग्दो तथ्याङ्कः दैनिक ७ जनाको मृत्यु, ८३ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १५ गते बिहीबार ०६:२४

उनका अनुसार दैनिक ६५ वटा सवारी दुर्घटना हुन्छ ।

पोखरा

नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट सरदरमा दैनिक ७ जनाको मृत्यु हुने गरेको देखिएको हो ।

केन्द्रिय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको जानकारी दिए । उनका अनुसार दैनिक ६५ वटा सवारी दुर्घटना हुन्छ । ८३ जना घाइते हुने गरेको तथ्यांक छ ।

‘घटनाहरु हेर्दा एकदिन भित्र ६५ वटा दुर्घटना हुने गर्छ । ८३ जना घाइते हुन्छ सरदर । एक दिनमा ७ जनाको मृत्यु भएको देखिन्छ सवारी दुर्घटनाबाट । हाम्रो ट्राफिक प्रहरीको सिमित जनशक्तिले पनि जम्मा २४ लाख ३१ हजार ५९३ लाई कारबाही गरिएको छ भने राजश्व १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ जरिवाना गरेर त्यति राजश्व उठाएको छ’, उनले भने ।

नेपालमा जम्मा ६२ लाख ३८ हजार ३०१ सवारी साधन दर्ता भएका छन् । ट्राफिक प्रहरीको संख्या २ हजार ७७० जना रहेको उल्लेख गर्दै एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारी साधन हेर्नुपर्ने अवस्था रहेको बताए ।

विगत एक वर्षको अवधिमा ट्राफिक प्रहरीले जरिवाना बापत १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।

प्रकाशित मिति २०८० चैत १५ गते बिहीबार ०६:२४
हजुरको प्रतिक्रिया