२०८३ साउन २१ गते बिहीबार

अपडेट: त्रिशूलीमा नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो

अपडेट: त्रिशूलीमा नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार ०९:५४

ठुलाेबुबाकाे पशुपतिमा दाहासंकार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ ।

मुग्लिन ।

आज (शनिबार) बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ।

प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्। मृतकमा गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया छन्।

उनीहरूको उमेर भने प्रहरीले खुलाइसकेको छैन। मृतकमा एक बालिका, दुई महिला र दुई पुरुष छन्। ठुलाेबुबाकाे पशुपतिमा दाहासंकार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ । उनीहरू  सबै एकाघरका हुन् ।

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०९:५४
हजुरको प्रतिक्रिया