२०८३ साउन २१ गते बिहीबार

लेखनाथमा ठिंग उभियो बस, २ जना घाइते

लेखनाथमा ठिंग उभियो बस, २ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार १२:१०

घाइते चालक र सहचालकलाई उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ल्याइएको छ ।

पोखरा

पोखरा महानगरपालिका–२८ लेखनाथको आरुपाटामा बस दुर्घटना भएको छ । दुर्घटनामा २ जना दुर्घटना भएका छन् ।

लेखनाथको आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस शनिबार विहान दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए । उनका अनुसार बसमा यात्रु थिएनन् ।

घाइते चालक र सहचालकलाई उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ल्याइएको छ ।

‘चालकका अनुुसार ब्रेक फेल भएर दुर्घटना भएको हो’, प्रहरी निरीक्षक रानाले भने । दुर्घटनाग्रस्त बस सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

 

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार १२:१०
हजुरको प्रतिक्रिया