२०८३ कात्तिक ११ गते मंगलबार

सेती नदीको बाँध खोलेर वेपत्ताको खोजि गरिने

सेती नदीको बाँध खोलेर वेपत्ताको खोजि गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १८ गते आइतबार ०८:२२

यसअघि बुधबार दिउँसो सेतीको बाँध खोलेर खोज्ने भनिएपनि बर्षातको कारण रोकिएको थियो ।

पोखरा

सेती नदीमा हाम फालेर बेपत्ता भएका बालकलाई खोज्न प्रहरीले सेती नदीको बाँध खोल्ने भएको छ । सोमबार सेती नदीको बाँध खोलेर प्रहरीले खोजी गर्न लागेको हो ।

फागुन १८ गतेदेखि बेपत्ता कास्कीको पोखरा महानगरपालिका–११ का १५ वर्षीय सुगम बास्तोला नदीपुरको पुरानो पुलबाट हाम फालेर बेपत्ता छन् ।

यसअघि बुधबार दिउँसो सेतीको बाँध खोलेर खोज्ने भनिएपनि बर्षातको कारण रोकिएको थियो ।

सिसिटिभी फुटेजमा सुगमले सेतीमा हाम फालेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाकाअनुसार नेपाल प्रहरीको उद्धार टोलीले सेतीमा सुगमको खोजी गरेको थियो । फागुन २२ गते पनि सेती नदीको बाँध खोलेर बहाव बढाएर खोजी गर्दा फेला परेका थिएनन् ।

सोमबार दिउँसो पोखराको दीपस्थित ड्याम खोलेर सेतीको बहाव बढाएर खोजी हुनेछ । दिउँसो १ बजेदेखि नदीमा पानीको बहाव बढ्ने भएकाले सचेत रहन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।

‘उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिन्छ’, प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।

 

प्रकाशित मिति २०८० चैत १८ गते आइतबार ०८:२२
हजुरको प्रतिक्रिया