२०८३ साउन २१ गते बिहीबार

पर्वतमा ताल्चा लगाएको घरभित्र दम्पती मृत फेला

पर्वतमा ताल्चा लगाएको घरभित्र दम्पती मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २० गते मंगलबार १२:५१

आमाको फोन नउठेपछि म्याग्दीमा रहेका जेठो छोरा र माइली बुहारी घर पुग्दा दुवै जना मृत फेला परेका हुन् ।

पोखरा

पर्वतको जलजला गाउँपालिका–२ दहमा दम्पती मृत फेला परेका छन् । ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमति ६७ वर्षीय कमला घर्ती क्षत्री घरभित्रै मृत फेला परेका हुन् ।

घरभित्र मृत फेला परेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुसाल नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । विहान साढे ९ बजे घटनाबारे खबर पाएकोे भुषालले जानकारी दिए ।

घरमा सूर्यबहादुर र कमला दम्पत्ती मात्रै बस्ने गरेका थिए । २ छोरा वैदेशिक रोजगारीको शिलशिलामा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् ।

आमाको फोन नउठेपछि म्याग्दीमा रहेका जेठो छोरा र माइली बुहारी घर पुग्दा दुवै जना मृत फेला परेका हुन् ।

घरभित्र मृत भेटिएपनि कोठामा भने ढोकामा भने ताल्चा लगाइएको डिएसपी भुषालले बताए । ढोका फोडेर भित्र हेर्दा मृत भेटिएको डिएसपी भुषालले जानकारी दिए ।

घटनास्थलको बाहिर हेर्दा संघर्ष भएको नदेखिने उनको भनाइ छ । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थलतर्फ जादैंछ । पर्वत प्रहरीले पनि प्रारम्भिक अनुसनधान थालेको जनाएकोे छ ।

गाउँमा सूर्यबहादुर र छिमेकीको २ घर मात्रै रहेको छ । मल्लाज जाने ट्रेकिङ रुटमा घटनास्थलमा पर्ने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० चैत २० गते मंगलबार १२:५१
हजुरको प्रतिक्रिया