२०८३ साउन २१ गते बिहीबार

गण्डकीका मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकीका मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २५ गते आइतबार ०१:२८

प्रदेश प्रमुख डिल्लीराज भट्टले संवधिानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संवधिानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधकिारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । कांग्रेसले भने सभामुखसहित पेस गरेको दाबी असंवैधानिक रहेको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियाे ।

प्रकाशित मिति २०८० चैत २५ गते आइतबार ०१:२८
हजुरको प्रतिक्रिया