काठमाडाैं । सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो ।
ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो । सिफारिससम्बन्धी पत्र आज संसदीय समितिमा पुगेपछि यसको खुलासा भएको हो । राई ओलीका विश्वासपात्र मानिन्छन् ।
यता, संवैधानिक परिषद्ले निर्वाचन आयोगको सदस्यमासमेत दुई सदस्य नियुक्त गर्न सिफारिस गरेको छ ।
संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिको सिफारिस गरेको हो ।
स्रोतका अनुसार राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भए लगतै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ ।
निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको छ ।
प्रकाशित मिति २०७७ पुस ५ गते आइतबार ०४:०२




