२०८३ कात्तिक ११ गते मंगलबार

पोखरामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमबारे कार्यशाला

पोखरामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमबारे कार्यशाला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ८ गते शनिबार ०७:५९

गण्डकीमा रहेका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्रमा काम गरिरहेको संघसंस्था, प्राध्यापक र सरोकारवाला निकायबीच टिभिइटीको सम्भाव्यताबारे छलफल गरियो ।

पोखरा

पोखरामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभिइटी) क्षेत्रबारे कार्यशाला गोष्ठि भएको छ ।

काठमाडौं विश्वविद्यालयको शनिबार स्कुल अफ एजुकेसनले सरोकारवालासँग कार्यशाला गोष्ठी गरेको हो ।

काठमाडौं विश्वविद्यालयको एमटिभिइटी अर्थात् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा स्नात्तकोत्तर कार्यक्रमका विद्यार्थी र पूर्व विद्यार्थी सहभागि रहेको थियो ।

गण्डकीमा रहेका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्रमा काम गरिरहेको संघसंस्था, प्राध्यापक र सरोकारवाला निकायबीच टिभिइटीको सम्भाव्यताबारे छलफल गरियो ।

कार्यशालामा विश्वविद्यालयले गरेको ‘युवा रोजगार र आयः सन् २०२२ को युवा सर्वेक्षणबाट अन्तरदृष्टि’ र ‘टिभीइटीमा स्थानीय सरकारको वित्तपोषणः नेपालको गण्डकी प्रदेशको अध्ययन’ को प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिएको छ ।

प्राविधिक शिक्षालय, श्रमबजार, रोजगार दाता, स्थानीय पालिकाबीच समन्वयको अभाव रहेको अध्यनको निष्कर्ष छ । सीपयुक्त तालिम र प्राविधिक शिक्षामा युवाको पहुँचतताको कमी रहेको अध्ययनले देखाउँछ ।

गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले अध्ययन अनुसन्धानको निष्कर्षलाई आगामी दिनमा प्रदेशको नीति तथा कार्यक्रममा समावेश गर्ने बताइन् ।

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा युवा जनशक्तिलाई प्रोत्साहन गरिनुपर्ने उल्लेख गरे ।

गण्डकी प्रदेशको लोक सेवा आयोगकी सदस्य कल्पना लम्सालले मध्यम वर्गका सीपयुक्त जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले ध्यान दिएको उल्लेख गरिन् ।

गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले श्रम बजारको माग अनुरुपको तालिम हुन नसकेकै कारण प्राविधिक शिक्षा अघि बढ्न नसकेको भन्दै कमजोरी औल्याए ।

काठमाडौ विश्वविद्यालयका प्राध्यापक डा. महेशनाथ पराजुलीले आधुनिक विश्वको प्रगतिको आधार नै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम रहेको बताए ।

प्रकाशित मिति २०८१ वैशाख ८ गते शनिबार ०७:५९
हजुरको प्रतिक्रिया