२०८३ कात्तिक १० गते सोमबार

कास्कीमा साइबार अपराधको बिगबिगी

कास्कीमा साइबार अपराधको बिगबिगी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ९ गते आइतबार ०८:१२

सामाजिक सञ्जालको दुरुपयोग, अनाधिकृत पहुँचका २२० निवेदन दर्ता भएको छ ।

पोखरा

कास्कीमा साइबार अपराधका घटना बढिरहेको छ । प्रविधिको विकाससँगै पछिल्लो समय साइबार अपराधको बिगबिगी बढेको हो ।

जिल्ला प्रहरी कार्यालयमा साइबार अपराधका निवेदनको चाङ बढिरहेकोे छ । माघदेखि चैतसम्ममा ४०८ निवेदन दर्ता भएको सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग, अनाधिकृत पहुँचका २२० निवेदन दर्ता भएको छ । २१ निवेदन उपर अनुसन्धान भइरहेका छन् । १९९ निवेदन तालुक कार्यलय नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ ।

अनलाइन ठगीका १८८ निवेदन परेका छन् । अनलाइन ठगीका १५ निवेदन पर्छयौट भएको डिएसी शर्माले उल्लेख गरे ।

तीन महिनाको अवधिमा मात्रै दुई करोड ५३ लाख २१ हजार १३७ रुपैयाँ अनलाइन ठगी भएको छ ।

धेरै अनलाइनमा सामान खरिद गर्दा ठगीमा परेका डिएसपी शर्माको भनाइ थियो । ‘अनलाइनमा सामान किन्नलाई पैसा पठाएपछि ब्लक गर्नेदेखि फोन नउठाउनेसम्म हुन्छ । यसरी एक जना व्यक्तिकै लाखसम्म ठगी भएको पाइएको छ’, उनले भने, ‘सामाजिक सञ्जालमा अनाधिकृत पहुँच राखेर साथीभाइसँग रकम असुल्ने गरेको निवेदन पनि आइरहेका हुन्छन् ।’

साइबार अपराधसँगै बैकिङ कसुरका घटना पनि निकै बढिरहेकोे छ । आइतबार पत्रकार सम्मेलन गर्दै कास्की प्रहरीले पछिल्लो त्रैमासिकमा भएका कामकारबाहीबारे जानकारी गराएको छ ।

प्रकाशित मिति २०८१ वैशाख ९ गते आइतबार ०८:१२

हजुरको प्रतिक्रिया