२०८३ साउन २१ गते बिहीबार

संसद विघटनविरूद्धका १२ रिट प्रधानन्यायाधीश राणा आफैंले हेर्ने

संसद विघटनविरूद्धका १२ रिट प्रधानन्यायाधीश राणा आफैंले हेर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस ८ गते बुधबार १२:१०

काठमाडाैं । प्रतिनिधि सभाको असंवैधानिक विघटनविरूद्ध परेका १२ रिटको पहिलो सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा आफैले गर्ने भएका छन् । सोमबार दायर भएका सबै रिटको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा तोकेका हुन्...

संवैधानिक इजलासमा परेको रिटको पेशी भने शुक्रबार

काठमाडाैं । प्रतिनिधि सभाको असंवैधानिक विघटनविरूद्ध परेका १२ रिटको पहिलो सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा आफैले गर्ने भएका छन् ।
सोमबार दायर भएका सबै रिटको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा तोकेका हुन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै सोमबार ११ र मंगलबार दुइटा रिट सर्वोच्च अदालतमा परेका थिए । यी सबै रिट एकैसाथ प्रधानन्यायाधीश राणा आफैंले हेर्न लागेका हुन् ।

संसद विघटनविरूद्ध संवैधानिक इजलासमा पनि एउटा रिट परेको छ । संवैधानिक विवादहरू नियमित र संवैधानिक इजलास दुबैमा दर्ता गर्न पाइने व्यवस्था छ ।

संवैधानिक इजलासमा परेको रिटको पेशी भने शुक्रबारलाई तोकिएको छ ।

एउटै विवाद भएका मुद्दा एकै साथ हेर्ने नियम भएकाले सम्भवत: प्रधानन्यायाधीशले ११ वटा रिट पनि संवैधानिक इजलासमा पठाउन सक्छन् ।

प्रकाशित मिति २०७७ पुस ८ गते बुधबार १२:१०
हजुरको प्रतिक्रिया