प्रदेशका तीन मन्त्रीले दिए राजीनामा
काठमाडाै । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।
४५ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । यो प्रदेशमा नेकपाका ८० सांसद छन् । आजै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजीनामा दिएका छन्।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेपछि त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो।
नेकपा ओली पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा बाँडिएपछि मुख्यमन्त्री पौडेल अल्पमतमा परेका थिए।
प्रकाशित मिति २०७७ पुस १० गते शुक्रबार ०१:०३




