पोखरा ।
पोखरा महानगरपालिकाले वडा नं. १२ ले पनि आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गर्ने भएको छ ।
वडा नं. १२ भित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको हो । पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा. केएन स्वामीले तयार पारेको संस्कार शिक्षा पोखरा महानगरपालिका बाहेक अन्य केही स्थानीय तहहरुले लागू गर्ने तयारी गरिरहेका छन ।
अमरसिंह मा.वि. ले यही सालको शैक्षिकसत्रदेखि संस्कार शिक्षा सुरु गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।
पहिलो चरणमा कक्षा ७ र ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको छ । अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तब्य हो वडाध्यक्ष बास्तोलाले भने ।
पोखरा महानगरपालिका वडा नं. १२ भित्र ३ वटा सामुदायिक विद्यालयहरु छन् । यी विद्यालयमा ४ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।
प्रकाशित मिति २०८१ जेठ ४ गते शुक्रबार ०३:२७




