२०८३ साउन २१ गते बिहीबार

गण्डकी छड्के प्रभावः विद्यार्थी कुट्ने शिक्षक पक्राउ

गण्डकी छड्के प्रभावः विद्यार्थी कुट्ने शिक्षक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २१ गते सोमबार ०९:१०

पब्लिक फोरके टिभिमार्फत प्रशारण हुने गण्डकी छड्के कार्यक्रममा गत शुक्रबार उक्त विषयको सामग्री प्रकाशित गरेको थियो ।

पोखरा
गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई निलडाम हुने गरेर कुट्ने शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–६ खोलाको छेउ बस्ने सुदीप अधिकारी रहेका छन् । पब्लिक फोरके टिभिमार्फत प्रशारण हुने गण्डकी छड्के कार्यक्रममा गत शुक्रबार उक्त विषयको सामग्री प्रकाशित गरेको थियो ।

उनी पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इङलिस बोर्डिङ स्कुलका शिक्षक हुन् । जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय विद्यार्थीलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भन्दै मरणोसन्न हुने गरेर कुटेका थिए । बालकको संवेदनशील भागमा लठ्ठीले कुटेर घाइते बनाएको भन्दै अभिभावकले उजुरी दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

आइतबार पक्राउ परेका अधिकारीलाई जिल्ला अदालत कास्कीले ५ दिनको म्याद थपेर अनुसन्धान पक्रिया अगाडि बढाएको उनको भनाइ छ । बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ अन्तर्गत मुद्वामा अनुसन्धान भइरहेको छ । यो कसुरमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति २०८१ जेठ २१ गते सोमबार ०९:१०
हजुरको प्रतिक्रिया