२०८३ साउन २१ गते बिहीबार

संसद विघटनविरूद्ध जसपाले पोखरामा बृहत शक्ती प्रदर्शन गर्ने

संसद विघटनविरूद्ध जसपाले पोखरामा बृहत शक्ती प्रदर्शन गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २१ गते मंगलबार ०१:४२

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेपछि उक्त कदम असंबैधानिक र प्रतिगामी भएको भन्दै जनता समाजवादी पार्टी, गण्डकीले आउँदो पुष २९ गते पोखरामा बृहत जनप्रदर्शन गर्ने भएको छ ।   प्रधानमन्त्री ओलीको कदम...

डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरदसिंह भण्डारी पोखरा उत्रने

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेपछि उक्त कदम असंबैधानिक र प्रतिगामी भएको भन्दै जनता समाजवादी पार्टी, गण्डकीले आउँदो पुष २९ गते पोखरामा बृहत जनप्रदर्शन गर्ने भएको छ ।

 

प्रधानमन्त्री ओलीको कदम असंबैधानिक तथा जनआन्दोलन २०६२/ ०६३ को मर्म र उपलव्धीकै विरुद्धमा रहेकोले उक्त कदमका विरुद्ध सडकबाटै दवाद दिनका लागि  कार्यक्रमको आयोजना गरिएको जनप्रदर्शन प्रचार–प्रसार समितिका संयोजक किरण थापाले बताए ।

 

जन प्रदर्शनलाई सम्बोधन गर्न जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरदसिंह भण्डारी पोखरा उत्रने थापाले जानकारी दिए ।

जसपा गण्डकीद्धारा आयोजित उक्त कार्यक्रममा करिव ५ हजार मानिसको सहभागीता रहने आयोजकले दावी गरेको छ ।

 

जन प्रदर्शनलाई सफल पार्न आयोजकले विभिन्न उपसमितिहरु गठन गरेको जनाएको छ । गठित उपसमिति संयोजकहरुमा अतिथि सत्कारतर्फ मोती रिजाल, आर्थिक व्यवस्थापनमा दिपक तामाङ्, स्वयं सेवक परिचालनमा डिवि नेपाली तथा संघसंस्था समन्वय समिति संयोजकमा होम गुरुङ्ग रहेका छन् ।

त्यसैगरि पार्टी प्रवेश समन्वय समिति संयोजकमा देवी सुवेदी, स्वास्थ्यमा शंकर गौतम, संगठन परिचालनमा टिकाराम पौडेल र गिरी प्रसाद गुरुङ्ग, अनुगमनतर्फ धन प्रसाद तामाङ्ग र राजन कार्की, मञ्च व्यवस्थापनमा शम्भु खाती संयोजक रहेका छन् ।

जनप्रदर्शनका दिन सयौं मानिसहरुले जसपा पार्टीमा प्रवेश गर्ने  जसपा गण्डकी प्रदेश संयोजक मोती रिजालले बताए । उक्त दिन बिहान ११ : ३० बजे चिप्लेढुङ्गाबाट र्याली शुरु हुने र दिउँसो १२ : ३० बजे पृथ्वीचोकमा पुगि र्याली बृहत सभामा परिणत हुने  रिजालले जानकारी दिए ।

प्रकाशित मिति २०७७ पुस २१ गते मंगलबार ०१:४२
हजुरको प्रतिक्रिया