२०८३ कात्तिक १० गते सोमबार

तनहुँकाे मेयर पदका उम्मेदवार दीपकराज जाेशीले मागे ज्यूधनकाे सुरक्षा

तनहुँकाे मेयर पदका उम्मेदवार दीपकराज जाेशीले मागे ज्यूधनकाे सुरक्षा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ३१ गते बिहीबार ०६:४२

तनहुँ । गत स्थानीय तहकाे निर्वाचनमा तनहुँकाे व्यास नगरपालिकाकाे मेयर पदमा नेपाली कांग्रेसकाे बागी उम्मेदवारका रूपमा उभिएका दीपकराज जाेशीले ज्यूधनकाे सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएका छन् । तनहुँको...

परिवारमा डर त्रासयुक्त धम्की आएको जिकिर

तनहुँ ।

गत स्थानीय तहकाे निर्वाचनमा तनहुँकाे व्यास नगरपालिकाकाे मेयर पदमा नेपाली कांग्रेसकाे बागी उम्मेदवारका रूपमा उभिएका दीपकराज जाेशीले ज्यूधनकाे सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएका छन् ।

तनहुँको व्यास नगरपालिकाको पुन:मतगणना गर्ने उच्च अदालत पोखराको फैसला कार्यान्वयन हुने दिन नजिकिँदा आफ्नो र परिवारको सदस्यलाई डर, त्रास र धम्कीहरु आउन थालेको भन्दै मेयर पदका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले शान्ति सुरक्षाको माग गर्दै बिहिवार जिल्ला प्रशासन कार्यालय तनहुँमा निबेदन दिएका हुन्।

जाेशीले मानवअधिकार आयोग, निर्वाचन आयोग,  हेल्लाे सरकारलगायतमा बाेधार्थ दिएकाे निवेदनमा लेखिएकाे व्यहाेरा यस्ताे छ ।

 

दीपकराज जाेशी तनहुँ जिल्ला व्यास नगरपालिकाकाे २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचन निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको उम्मेदवार थिएँ। सो को मतदानका दिन म व्यास नगरपालिका वडा नं. ८ स्थित गाविस भवन फेदीमा रहेको मतदान केन्द्रमा अनुगमनमा पुग्दा त्यहाँ रहेको उच्छ्रिड्छल तत्वले ममायि संघातिक नाक्रमण गरी घाइते तुल्याएपछि दमाली अस्पतालमा उपचारका लागि आउँदा त्यहाँ उपचार हुन नसकी पोखरा रिफर भएपछि फिस्टेलमा उपचारमा पठाएको थियो।

त्यहाँ पनि उपचार हुन नसकी काठमाण्डौ रिफर भै फ्रन्टलाइन हस्पिटलमा प्रारम्भिक उपचार गरेपछि त्यहाँबाट पनि न्यूदिल्ली गुरगाउँ स्थित मेदान्त हस्पिटलमा रिफर भएपि म मेदान्तमा उपचार गरी हालसम्म थप उपचारका लागि भारतको निरन्तर फ्लोप अपको चरणमा छु।

घटनाका सम्वन्धमा मैले जिल्ला प्रहरी कार्यालय दमौलीमा जाहेरी दिएकोमा हालसम्म कुनै रेस्पोन्स भएको छैन। कारवाही अगाडि बढेको छैन। मो घटनामा गोली हात्रे आदेश थियो भनेर नेपाली काँग्रेसका बरिष्ठ नेताले सार्वजनिक मिडियामा बोलेबाट म र मेरो परिवार माथि ती व्यक्ति तथा समूहबाट निरन्तर बतरा रहेको कुरा बिगत घटनाबाट सार्वजनिक भएको तथ्य हो।

मैले उक्त स्थानीय चुनावको मतगणना धाँधली भयो भनेर हालेको मुद्दाको सुनबाई अन्तिम चरणमा भएको अवस्था वा यही बसार २ गते व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना हुने भनेर पोखरा उच्च अदालतले मिति २०८११२।१ गते आदेश दिए‌को छ।

नेपाली काँग्रेसका उच्च तहका नेताले गोली हान्ने आदेश थियो र तनहुँ जिल्ला भनेको सिडिओ र डीएसपीलाई रातारात लखेटेको जिल्ला हो भनेर मुख्य निर्वाचन अधिकृतलाइ सार्वजनिक स्थलबाट धम्की दिनेहरूबाट कुनै समयमा म र मेरो परिवारका लागि यस समय उड्नु जोखिम र डर त्रास भय र धम्कीको अवस्था पुनः मतगणनाको समयमा थप बढेको छ।

निर्वाचन आचार संहिता २०७९ को दफा १३ (फ) को व्यवस्था विपरित यो ससदीय निर्वाचनमा पनि पुनः स्थानीय तह निर्वाचनको समयमा घटेको गतिविधि दोहोरिन सक्ने अवस्था विद्यमान रहेको हुँदा म र मेरो परिवारको सदस्यको ज्यूधनको सुरक्षा गरी पूर्ण मतगणना नभइन्जेलसम्म भयरिहत शान्तिपूर्ण वातावरणमा हिडडुल गर्न पाउने शान्तिसुरक्षाको बातावरण मिलाइ पाउँ । लेखिएको व्यहोरा ठीक साँचो हो फरक ठहरे कानुन बमोजिम सहुँला बुझाउँला।

प्रकाशित मिति २०८१ जेठ ३१ गते बिहीबार ०६:४२
हजुरको प्रतिक्रिया