२०८३ साउन २१ गते बिहीबार

गण्डकीको नीति तथा कार्यक्रममाथि छलफलः आत्महीन दस्ताबेज भएको एमालेको टिप्पणी

गण्डकीको नीति तथा कार्यक्रममाथि छलफलः आत्महीन दस्ताबेज भएको एमालेको टिप्पणी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ३१ गते बिहीबार ०८:३०

नेकपा माओवादी केन्द्रकी सांसद शुसिला सिंखडाले नीति तथा कार्यक्रमको सार नै नबुझेको उल्लेख गरिन् ।

पोखरा

गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बिहीबारदेखि छलफल सुरु भएको हो ।

नीति तथा कार्यक्रममाथि छलफलको क्रममा प्रतिपक्षले चर्को विरोध गरेका छन् । सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम उत्कृष्ट भएको भन्दै बचाउ गरे ।

प्रमुख प्रतिपक्ष दल एमालेले त नीति तथा कार्यक्रमलाई प्रदेश सरकारको आत्महिन दस्ताबेज भएको बताएको छ । छलफलमा सहभागी हुँदै एमाले संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जनतामा उत्साह ल्याउन नसकेकोे ठोकुवा गरे । ‘आत्महीन जून दस्ताबेज छ निर्जीव खालको’, उनले भने ।

उनले उद्यमशीलतासँग जोड्ने विषय कहींकतै उल्लेख नभएको टिप्पणी गरे । कृषिको यान्त्रिकिकरण, आधुनिकीकरण र व्यवसायीकरणमा लगानी वृद्धिकोे गुञ्जायस गराउन नसकिएको अधिकारीकोे भनाइ छ । खाद्यन्नमा आत्मनिर्भर बनाएर भोकमरीरहित प्रदेश घोषणा गर्नुपर्ने उनको तर्क छ ।

हरित अर्थतन्त्र, जलवायु परिवर्तनको समस्या समाधानको विषय उठान नभएको पूर्वमुख्यमन्त्री अधिकारीले बताए । झन्डै १ घण्टासम्म बोलेका अधिकारीले नीति तथा कार्यक्रम समाजवादतर्फ उन्मुख गराउने नभएकाले एमालेकोतर्फबाट समर्थन योग्य नरहेको बताए ।

आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा अधिकारीको गम्भिर आपत्ति छ । मुख्यमन्त्रीसँगै भएको मन्त्रालयको विषय १९१ बुँदे नीति तथा कार्यक्रममा कतै नहुनुलाई सामान्य भन्न नसकिने भन्दै यो सवालमा सरकारले माफी माग्नुपर्ने तहको कमजोरी गरेको उउनको भनाइ थियो ।

‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त मसिहा ठान्छ आफूलाई । मैले चस्मा खोलेर पनि हेरे, लाएर पनि हेरे, त्यो विषय कही पनि उल्लेख छैन । किन यस्तो पर्न गयो ? यथेष्टै पुगेको हो त ? अज्ञानतावस होइन, ज्ञान नभएको भनौं भने न्याय इन्साफ नगरेको भन्नु होला’ उनले भने ।

उनीलगत्तै बोलेका नेपाली कांग्रेसका सांसद अशोककुमार श्रेष्ठले नीति तथा कार्यक्रम दोहो¥याई तेहे¥याई हेर्दा उत्कृष्ट लागेको भन्दै प्रदेश सरकारको बचाउ गरे । छोटो समयमा पनि उत्कृष्ट बनाएको उनको भनाइ थियो । कृषि, शिक्षा, स्वास्थ्य सबै क्षेत्रलाई समेटेको श्रेष्ठले दाबी गरे । कृषि क्षेत्रमा पनि रैैथाने वालीले प्रशय पाएको भन्दै श्रेष्ठले प्रंसशा नै गरे ।

उनले भने, ‘छिमेकबाट एक हप्ता जति सामान नआउदा हामीले नाकाबन्दीको रुपमा लिएर हाहाकार मच्चियो । तर, अहिले हामीलाई कसैले नाकाबन्दी गर्नै पर्दैन । हामीलाई प्राप्त हुने विउ विजन जहाँबाट आयत हुन्छ ती देशले हामीलाई निर्यात बन्द गरिदियो भने अर्को वर्ष यो देशमा अनिकाल र हाहाकारमा जानुपर्ने बाध्यता छ ।’

श्रेष्ठले थपे, ‘यसलाई मनन गरेर प्रदेश सरकारले रैथाने तथा स्थानीय बाली र पशुपंक्षीको संरक्षणमा सम्बोधन गर्नेगरी जुन प्रावधान ल्याएको छ त्यो अत्यन्त उत्कृष्ट मैले पाएको छु ।’

नेकपा माओवादी केन्द्रकी सांसद शुसिला सिंखडाले नीति तथा कार्यक्रमको सार नै नबुझेको उल्लेख गरिन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, सर्वसाधरणको जनजीवनमा सकरात्मक परीवर्तन ल्याउन गण्डकी प्रदेश सरकारले नसक्ने उनको भनाइ छ । पूरानै घिसीपिँटी र परम्परागत तरिकाको नीति तथा कार्यक्रम आएको उनले बताइन् ।

प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र विपक्षी दलका नेता खगराज अधिकारी धेरै बेर बसेनन । विपक्षी दलका नेता खगराज अधिकारीले छलफलको सुरुमै बोलेर बाहिरिए । मुख्यमन्त्री पाण्डे पनि खगराज भन्दा पहिल्यै बोलेर बाहिरिएका थिए ।

उसोे त मन्त्रीहरुले पनि त्यति प्राथमिकता नीति तथा कार्यक्रममाथिको छलफललाई दिएको पाइएन । सामाजिक विकास मन्त्री बिन्दुकुमार थापा मात्रै बैठकको पूरा समय संसदमै रहे । भौतिक मन्त्री राजीव गुरुङ, अर्थमन्त्री टकराज गुरुङ बैठकको सुरुमै निस्केका थिए । केहीबेर बसेका ऊर्जा मन्त्री फणिन्द्र देवकोटा पनि छलफल अवधिभर बसेनन् ।

शुक्रबारसम्म प्रदेश सभामा नीति तथा कार्यक्रम चल्नेछ । हतारमा ल्याइएको नीति तथा कार्यक्रम हतारमै पास गरेर बजेट ल्याउनुपर्ने चटारो गण्डकी प्रदेश सरकारलाई छ । किनकी असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति २०८१ जेठ ३१ गते बिहीबार ०८:३०
हजुरको प्रतिक्रिया