२०८३ साउन २१ गते बिहीबार

पारित भयो गण्डकी प्रदेशको नीति तथा कार्यक्रम

पारित भयो गण्डकी प्रदेशको नीति तथा कार्यक्रम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ३२ गते शुक्रबार ०७:२६

गण्डकी प्रदेशको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबारको प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले बहुमतले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।

पोखरा
गण्डकी प्रदेशको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबारको प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले बहुमतले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।

मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दुई दिन छलफल भएको हो । बिहीबार र शुक्रबार नीति तथा कार्यक्रममा छलफल भयो । छलफलमा सहभागी प्रतिपक्ष सांसदले चर्को विरोध गरे भने सत्तापक्ष बचाउमा उत्रिए ।

छलफलमा उठेको प्रश्नको जवाफ दिदैं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम समाजवाद उन्मुख रहेको दाबी गरे । उनले समय अनुसार समाजवादको परिभाषा फरक हुने बताए । प्रदेश सभाको आगामी बैठक शनिबार दिउँसो ४ बजे बस्नेछ । आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी वर्षका लागी बजेट प्रस्तुत गर्नेछन् ।

पर्यटन, पूर्वाधार, कृषिलाई प्राथमिकता राखेर ल्याइएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । १-१ बुँदामा निकै धेरै नारालाई समेटिएको छ ।

प्रकाशित मिति २०८१ जेठ ३२ गते शुक्रबार ०७:२६
हजुरको प्रतिक्रिया