२०८३ कात्तिक ११ गते मंगलबार

कुखुराको खोरबाट लागूऔषध बरामद, एक व्यक्ति पक्राउ

कुखुराको खोरबाट लागूऔषध बरामद, एक व्यक्ति पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ६ गते बिहीबार ०३:१९

पाेखरा । पोखरामा कुखुराको खोरमा लुकाइराखेको अवस्थामा लागूऔषधसहित एक पक्राउ परेका छन् । लागूऔषधको सञ्चय र विक्री बितरण गरी रहेको भन्ने सूचनाको आधारमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरी मुद्दा चलाएको हो । कास्की प्रहरीका अनुसार...

पाेखरा ।

पोखरामा कुखुराको खोरमा लुकाइराखेको अवस्थामा लागूऔषधसहित एक पक्राउ परेका छन् । लागूऔषधको सञ्चय र विक्री बितरण गरी रहेको भन्ने सूचनाको आधारमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरी मुद्दा चलाएको हो ।

कास्की प्रहरीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो ५ बजे पोखरा महानगरपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा-१४ मझेरीपाटन बस्दै आएका ४३ वर्षीय रबी पौडेल नियन्त्रणमा लिएको हो ।

पौडेलको साथबाट कुखुराको खोरमा लुकाइराखेको डाईजापाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी जम्मा दुई सय २५ एम्पुल लागूऔषध बरामद भएको छ ।

पौडेलबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार ६ गते बिहीबार ०३:१९
हजुरको प्रतिक्रिया