२०८३ साउन २१ गते बिहीबार

कास्कीमा एक किलो गाँजासहित २ जना पक्राउ

कास्कीमा एक किलो गाँजासहित २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ६ गते बिहीबार ०७:२९

कास्कीमा गाँजासहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदानबाट खटिएको टोलीले लेकसाइडको चकटी रेष्टुरेन्टबाट बुधबार एक किलो गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

पोखरा
कास्कीमा गाँजासहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदानबाट खटिएको टोलीले लेकसाइडको चकटी रेष्टुरेन्टबाट बुधबार एक किलो गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङ जैमिनीका २० वर्षीय संजोग क्षेत्री र पोखरा महानगरपालिका–१७ का १८ वर्षीय कल्याण महर्जन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार ६ गते बिहीबार ०७:२९
हजुरको प्रतिक्रिया