२०८३ कात्तिक १० गते सोमबार

अब माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा पनि नेपाल टेलिकमको फोरजी सेवा

अब माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा पनि नेपाल टेलिकमको फोरजी सेवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ७ गते शुक्रबार ०६:३३

काठमाडौं । नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी सेवा विस्तार गरेको छ । कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले...

काठमाडौं ।
नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी सेवा विस्तार गरेको छ ।

कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले जनाएकाे छ ।

टेलिकमले टुजी सेवालाई स्तरोन्नति गरी फोरजी सेवा विस्तार गरेको हो ।

सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, पर्यटक तथा यस भेगका स्थानीय फोरजी सेवाबाट लाभान्वित हुने टेलिकमकाे दाबी छ ।

प्रकाशित मिति २०८१ असार ७ गते शुक्रबार ०६:३३
हजुरको प्रतिक्रिया