२०८३ साउन २१ गते बिहीबार

कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउन भन्दै तत्काललाई सरुवा कार्य स्थगित

कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउन भन्दै तत्काललाई सरुवा कार्य स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १० गते सोमबार ११:०१

यसअघि पहुँच र भनसुनका आधारमा मनोमानी ढंगले सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो ।

काठमाडौँ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी कार्य तत्काललाई रोकेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी गराएको हो ।

कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने सार ६ गते नेपाल सरकारको सचिवस्तरीय बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि पहुँच र भनसुनका आधारमा मनोमानी ढंगले सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमा पनि कर्मचारी सरुवामा देखिएको विकृति रोक्न निर्देशन दिएको थियो ।

मन्त्रालयले यसअघि पटक–पटक सरुवा मापदण्ड बनाए पनि लागू गर्न नसकेको गुनासो छ ।

प्रकाशित मिति २०८१ असार १० गते सोमबार ११:०१
हजुरको प्रतिक्रिया