२०८३ साउन २१ गते बिहीबार

खल्तीबाट २० को रिचार्ज गर्दा आइफोन-१२ जित्ने अवसर

खल्तीबाट २० को रिचार्ज गर्दा आइफोन-१२ जित्ने अवसर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २२ गते बुधबार ०२:१९

योजनामा सहभागी हुनेहरूमध्ये बम्पर उपहारमा एक जनाले आइफोन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्नेछन् ।

काठमाडौं । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरुका लागि ‘खल्तीमा आइफोन १२’ अभियानमार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ । यस अभियानअन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफोन १२ पाउन सक्ने छन्।

खल्तीले आफ्नो भाइबर स्टिकरको लन्चअन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जोडिने ग्राहकहरूका लागि यो योजना ल्याएको हो । उक्त योजनामा सहभागी हुनेहरूमध्ये बम्पर उपहारमा एक जनाले आइफोन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि खल्तीको वेबसाइट खल्ती डट कम वा खल्ती मोबाइल एपको होम स्क्रिनमा रहेको खल्ती ‘बजार’ मा गइ ‘खल्तीमा आइफोन १२’ क्याम्पेनमा गएर २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ । विजेताको घोषणा योजना सकिएको ७ दिनपछि फेसबुक लाइभमा लक्की ड्रमार्फत गरिने खल्तीले जनाएको छ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो ।

प्रकाशित मिति २०७७ पुस २२ गते बुधबार ०२:१९
हजुरको प्रतिक्रिया