२०८३ साउन २१ गते बिहीबार

आज ह्वात्तै घट्यो सुनको मूल्य

आज ह्वात्तै घट्यो सुनको मूल्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २३ गते बिहीबार ०१:२६

पोखरा । सुनको मुल्य आज एकैदिन प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला...

पोखरा । सुनको मुल्य आज एकैदिन प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ ।

यो बुधबारका तुलनामा तेह्र सयले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २०० मा कारोवार भएको थियो ।

तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति २०७७ पुस २३ गते बिहीबार ०१:२६
हजुरको प्रतिक्रिया