२०८३ साउन २१ गते बिहीबार

पोखरामा पार्किङ गरी राखेको रोलर जेसिबीमा आगोलागी

पोखरामा पार्किङ गरी राखेको रोलर जेसिबीमा आगोलागी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १४ गते शुक्रबार ०१:३४

पोखरामा पार्किङ गरी राखेको रोलर जेसिबीमा आगोलागी भएको छ ।

पोखरा
पोखरामा पार्किङ गरी राखेको रोलर जेसिबीमा आगोलागी भएको छ ।

पोखरा महानगरपालिका–८ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्ग सडक निर्माणको लागि पार्किङ गरी राखेको सिम्रन कन्ट्रक्सन प्रालि महतगौडाको जेसिबी रोलर मेशिनमा गए राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आगोलागीबाट रोलरको फलामको भागबाहेक अरु पुर्ण रुपमा क्षति भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । आगलागीको कारण नखुलेको र घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार १४ गते शुक्रबार ०१:३४
हजुरको प्रतिक्रिया