२०८३ असोज २५ गते आइतबार

अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन

अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २० गते बिहीबार ०३:५४

सहकारी संस्था वचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं
सहकारी संस्था वचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचिमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो ।

समितिको बैठकबारे जनकारी गराउँदै समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचिमा रहेका २९ वटै सहकारीहलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताए ।

उनले सहकारी सञ्चालकहरुलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उपस्थित नभए कानून बमोजिम नै कारबाही हुने चेतावनी दिए । समितिले गृहसचिव, प्रहरी महानिरीक्षकसहितलाई समेत शुक्रवार बस्ने बैठकमा उपस्थित हुन आग्रह गरेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ असार २० गते बिहीबार ०३:५४
हजुरको प्रतिक्रिया