२०८३ साउन २१ गते बिहीबार

जुम्लामा चट्याङ लागेर ४५ भेडा मरे

जुम्लामा चट्याङ लागेर ४५ भेडा मरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २१ गते शुक्रबार ०६:२२

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२, मालिकाबोतास्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन् ।

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२, मालिकाबोतास्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन् ।

बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठुलो क्षति पु¥याएको हो ।

चट्याङले मालिका बोताका एघार किसानका भेडाहरू मरेका हुन् । मालिकाबोताका बहादुर रावतका ४, तिते रावतका ३, तिलक रावतका ५, मान बहादुर रावतका ३, विगर रावतका ९, डिल्ली रावतका ३, शेर रावतका २, हरि बहादुर रावतका १, चन्चल थापाका ३, धन रावतका २०, र राम बहादुर रावतका १ भेडा मरेका छन् ।

कुल ५४ भेडा मरेको स्थानीय किसान हरि बहादुर रावतले जानकारी दिएका छन । चट्याङमा परि कनका सुन्दरिगाउपालिका वडा नम्बर २ का कृषकको ठुला क्षति भएको छ । कृषकहरूलाई पालिकाबाट केही राहात दिने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताएका छन् ।

प्रकाशित मिति २०८१ असार २१ गते शुक्रबार ०६:२२
हजुरको प्रतिक्रिया