२०८३ साउन २१ गते बिहीबार

पर्वतमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

पर्वतमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २२ गते शनिबार ०४:५१

पोखरा पर्वतमा वर्षातपछि आएको बाढीले घरगोठ बगाउँदा दुईजनाको वेपत्ता भएका छन् । पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटामा शनिबार दिउँसो पहिरोले झलक पौडेलको घर पुरिँदा दुई जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको...

पोखरा
पर्वतमा वर्षातपछि आएको बाढीले घरगोठ बगाउँदा दुईजनाको वेपत्ता भएका छन् ।

पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटामा शनिबार दिउँसो पहिरोले झलक पौडेलको घर पुरिँदा दुई जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

शनिबार दिउँसो घरभन्दा एक सय मिटरमाथि पहिरो खस्दा ४० वर्षीय झलक र अन्जादी ३५ वर्षीया तुलसी शर्मा बेपत्ता भएको पर्वत प्रहरीका डिएसपी खुमलाल भुसालले जानकारी दिए ।

अहिले उनीहरुको खोजी भइरहेको भुसालले बताए । पहिरोबाट गोठमा रहेको पशुचौपायसमेत वेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ०४:५१
हजुरको प्रतिक्रिया