२०८३ कात्तिक ११ गते मंगलबार

स्याङजाको विरुवामा पहिरोेमा परेर तीन जनाको मृत्यु

स्याङजाको विरुवामा पहिरोेमा परेर तीन जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २२ गते शनिबार ०७:१५

शनिबार दिउँसो विरुवा गाउँपालिका–६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो

पोखरा
स्याङजामा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । शनिबार दिउँसो विरुवा गाउँपालिका–६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो ।

७१ वर्षीय माधव शर्मा उनकी श्रीमति ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी, छिमेकी ६७ वर्षीय हरिमाया शर्माको मृत्यु भएको वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले जानकारी दिए ।

स्याङदीका यी तिनै जना पहिरोले घर पुरेपछि भागेर झन्डै एक किलोमिटर पर इश्वरी लम्सालको घरमा गएर आश्रय लिएका थिए । तर, आश्रय लिएको घरमा पनि माथिबाट पहिरो खस्दा मृत्युवरण गर्नुपरेको छ । खाना खाने बेलामा एक्कासी पहिरो खस्दा पुरिएर मृत्यु भएको वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।

इश्वरी लम्सालको परिवारका ८ जना सदस्य पनि त्यही घरमा थिए । ५ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको वडाध्यक्ष क्षेत्रीको भनाइ छ । क्षेत्रीका अनुसार घटनास्थलमै स्वास्थ्यकर्मी पठाएर उपचार भइरहेको छ ।

प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ०७:१५
हजुरको प्रतिक्रिया