पोखरा
नाबालिगलाई सामुहिक बलात्कार गरेको आरोपमा भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।
नाबालिगलाई शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा धनुषा घर भइ पोखरा बस्ने २१ वर्षीय अरुणकुमार दास र भारतको बिहार घर भइ पोखरा बस्ने १९ वर्षीय सुनिल दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तनहुँबाट पोखरा ल्याएर नाबालिगलाई सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
तनहुँबाट नाबालिकालाई ललाई फकाई छलकपट गरी झुक्यानमा पारी, डरत्रास देखाई ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखी भाग्न उमक्न नदिई रानीपौवा स्थित डेराकोठामा ल्याई बन्धक बनाई जबरजस्ती करणी गरेको देखिएको डिएसपी शर्माले बताए ।
पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा ३० पावरहाउस स्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीद्धारा चेकीङ गर्ने क्रममा उनीहरुलाई नियन्त्रण लिइएको हो ।
जिल्ला अदालत कास्कीबाट अपहरण वा शरिर बन्धक तथा जबरजस्तीकरणीसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ असार २३ गते आइतबार ०६:३५




