२०८३ साउन २१ गते बिहीबार

आईएसएमटी कलेजमा ‘डाटा साइन्स एण्ड ए.आई फाउन्डेसन कोर्स’  तालिम

आईएसएमटी कलेजमा ‘डाटा साइन्स एण्ड ए.आई फाउन्डेसन कोर्स’  तालिम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २६ गते बुधबार १२:०२

विद्यार्थीहरुलाई डेटा विज्ञान र ए.आई कोर्सको प्रशिक्षण गराईएकोमा विद्यार्थीहरुले पनि यो कोर्ष आफुहरुका लागि महत्वपूर्ण भएको प्रतिक्रिया दिए ।

पोखरा ।

पोखरा–१५ स्थित आईएसएमटी कलेज पोखरामा “डाटा साइन्स एण्ड ए.आई फाउन्डेसन कोर्सको ” तालिम भएको छ ।

२ हप्तासम्म सञ्चालन भएको सो कोर्षमा कलेजको आईटी संकायका ए.आई विषयका शिक्षक एवं डिपार्टमेन्ट प्रमुख–कम्प्युटिंग सरण कार्कीले सहजिकरण गरेका थिए ।

यस कोर्षबाट विधार्थीले तथ्यांक संकलन (Data Collection), तथ्यांक प्रशोधन एवं रुपान्तरण (Data Cleaning and Transformation) र ए.आई टुलस् प्रयोग गरि डाटा भिजुलाइजेसन (Data Visualisation) गर्न सक्ने भएको कार्कीले बताए ।

विद्यार्थीहरुलाई डेटा विज्ञान र ए.आई कोर्सको प्रशिक्षण गराईएकोमा विद्यार्थीहरुले पनि यो कोर्ष आफुहरुका लागि महत्वपूर्ण भएको प्रतिक्रिया दिए ।

आसर १० गते देखि २३ गते सम्म सञ्चालन भएको पहिलो चरणको कार्यक्रममा ४० जना विद्यार्थीको सहभागीता रहेको थियो ।

सहभागी विद्यार्थीलाई डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्की तथा क्याम्पस संयोजक सुष्मा रञ्जितले विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कलेजले आईटी पढ्न चहाने विद्यार्थीहरुको लागि आगामी दिनमा डाटा साइन्स र ए.आई लगायत डिजिटल मार्केटिंग र हाउस कीपिंग जस्ता विषय पनि यस्तै निःशुल्क ट्रेनिंगहरु दिंदै जाने योजना आफुहरुले बनाएको अप्रेशन एवं मार्केटिंग म्यानेजर शिव पौडेलले जानकारी दिए ।

असार ३१ गतेबाट सुरु हुने गरि रजिस्ट्रेसन खुलेको कलेजले जनाएको छ । तालिम लिन इच्छुक विधार्थीले गूगल फारम भर्ना सक्ने वा सोझै कलेजमा सम्पर्क गरेर आफ्नो सिट बुक गर्न सक्ने जनाइएको छ ।

आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।

आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।

 

प्रकाशित मिति २०८१ असार २६ गते बुधबार १२:०२
हजुरको प्रतिक्रिया