२०८३ साउन २१ गते बिहीबार

व्यवसाय जीवन रक्षाकोष आगामी आर्थिक बर्षदेखि- अर्थमन्त्री किरण गुरुङ

व्यवसाय जीवन रक्षाकोष आगामी आर्थिक बर्षदेखि- अर्थमन्त्री किरण गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २५ गते शनिबार १२:१२

पाेखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन समाराेहकाे समुदघाटन...

पाेखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन समाराेहकाे समुदघाटन गर्दै गुरूङले साे प्रदेश सरकारले घाेषणा गरेकाे साे कार्यक्रम आगामी आर्थिक बर्षभित्र कार्यान्वयनमा लैजाने तयारी भएकाे बताएका हुन् । गण्डकी प्रदेश सरकारले बजेट भाषणमार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष घोषणा गरेको थियो ।

‘गण्डकीमा रहेका साना र मझौला व्यवसायलाई लक्षित गरी हामीले यसको ( जीवन रक्षाकोषको ) कार्यविधि बनाएका छौँ’, कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने,‘हामी यो कार्यक्रमलाई यो आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौँ भने अर्को आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ । उनले जीवन रक्षा कोषलाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य गरिनुे जनाए । पारदर्शीतालाई कडाईका साथ लागु गर्नुपर्छ भन्ने मान्यताका कारण सो कोष संचालनमा ढिलाइ भएको गुरूङले उल्लेख गरे ।

उनले गण्डकी प्रदेश सरकारले नागरिकलाई निःशुल्क खोपको व्यवस्थाको तयारी थालेको समेत जानकारी दिए ।

प्रकाशित मिति २०७७ पुस २५ गते शनिबार १२:१२
हजुरको प्रतिक्रिया