बागलुङ ।
बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिँदा एक जानको मृत्यु भएको हो ।
बुधबार राती साढे १० बजे घर माथिदेखि पहिरो खस्दा पुरिएर स्थानीय ५८ वर्षीया खिरकुमार शर्माको मृत्यु भएको हो ।
घरमा एक्लै बस्दै आएकी शर्माको सुतेको बेला पहिरो खस्दा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।
बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि उद्धार गरि रहेको उनको भनाइ छ ।

यता भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प छन् । बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ ।
लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।
प्रकाशित मिति २०८१ असार २७ गते बिहीबार ०९:१३




