२०८३ साउन २१ गते बिहीबार

पाेउवासंघमा नेतृत्वका लागि मतदान जारी

पाेउवासंघमा नेतृत्वका लागि मतदान जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २५ गते शनिबार ०१:१६

पाेखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि अहिले पाेखरा प्रदर्शनी केन्द्रमा निर्वाचन जारी छ । विहान १० बजेदेखि शुरू निर्वाचनका लागि नारायण काेइराला र विन्दु काेइरालाकाे प्यानल चुनावी प्रतिष्प्रर्धामा...

नारायण र विन्दु काेइरालाविच नेतृत्वमा तिव्र प्रतिष्प्रर्धा हुने अनुमान

पाेखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि अहिले पाेखरा प्रदर्शनी केन्द्रमा निर्वाचन जारी छ । विहान १० बजेदेखि शुरू निर्वाचनका लागि नारायण काेइराला र विन्दु काेइरालाकाे प्यानल चुनावी प्रतिष्प्रर्धामा छन् ।

मतदानस्थल वरपर उमेद्वारका नातेदार,एजेन्ट, शुभचिन्तक लगायतकाे बाक्लाे भिडभाड छ । सडक नै जाम गरेर शुभचिन्तकहरू उमेदवारका लागि मत मागिरहेका छन् । भित्र उमेदवारहरू मतदाता रिझाउन लाइनबद्द भएर बसेका छन् । मतदानमा सरिक हुन पुग्ने जाे काेही पनि मतदातालाइ आफ्नाे संकेत नम्बर र नाम चर्काे चर्काे गरि संझाइरहेका देखिन्छन ।

 

 

निर्वाचनका लागि नारायण कोईरालाकाे प्यानललाइ नेपाली कांग्रेस समर्थक व्यावसायीहरूकाे साथ रहेकाे छ भने विन्दु काेइराला स्वतन्त्र उमेदवारका रूपमा मैदान उत्रिएपनि उनलाइ नेकपा र जसपा समर्थित व्यावसायीहरूले साथ दिएकाे बुझिएकाे छ । विन्दु प्यानलमा केहि कांग्रेस समर्थित व्यावसायीहरूकाे पनि साथ रहनसक्ने अनुमान व्यावसायीहरूले गरेका छन् ।

कुल ३ हजार १५४ मतदाता रहेकाे निर्वाचनमा अहिलेसम्म करिब १ हजार जना मतदाताले मतदान गरिसकेका छन् ।

प्रकाशित मिति २०७७ पुस २५ गते शनिबार ०१:१६
हजुरको प्रतिक्रिया