२०८३ साउन २१ गते बिहीबार

कास्कीमा पहिरोमा परेर ११ जनाको मृत्यु

कास्कीमा पहिरोमा परेर ११ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २८ गते शुक्रबार १०:४४

मादी गाउँपालिका–११ तल्लो ताप्लेमा घर पुरिएर बेपत्ता ८० वर्षीय माइतीकुमारी गुरुङको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

पोखरा

कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मादी गाउँपालिका–११ तल्लो ताप्लेमा घर पुरिएर बेपत्ता ८० वर्षीय माइतीकुमारी गुरुङको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

गएराती १ बजे घर पछाडिबाट खसेको पहिरोमा परेर उनी वेपत्ता भएकी थिइन् । प्रहरी र स्थानीयले खोजतलास गर्दा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

उनका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरिएको थियो ।

पोखरा– १९ पुरुनचौर तल्लाकोटकामा कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको छ । एकतले ढुँगामाटोले बनेको घर गएराती साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिएको हो ।

पहिरोले घर पुरिदा ४६ वर्षीय कुलबहादुर परियारसहित ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको छ ।

पहिरोमा परेर चितवन घर भइ माइती घर आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान २५ वर्षका अस्मित परियारको समेत ज्यान गएको छ ।
उद्दार गर्न गएकी छिमेकी ५६ वर्षकि राधिका परियारलेसमेत ज्यान गुमाएकी छन् । पहिरोमा परेर कुलबहादुरका छोरा १७ बर्षका पवन परियार र राधिकाका छोरा ३१ बर्षका कुमार परियार घाइते भएका थिए ।

दुवैको उद्दार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । अहिले दुवै जना डिस्चार्ज भएका छन् ।

यसैगरी पोखरा– ३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आरती ओझाको घर पछाडीबाट खसेको पहिरोले तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले जानकारी दिए । अस्मिता र अनुष्का आरतीका छोरी, पुष्कर भतिज हुन् ।

४० वर्षीय आरतीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति २०८१ असार २८ गते शुक्रबार १०:४४
हजुरको प्रतिक्रिया