२०८३ साउन २१ गते बिहीबार

गृहमन्त्री रवि लामिछानेकाे प्रश्न- मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमती कसरी राष्ट्रिय सहमती हुन्छ ?

गृहमन्त्री रवि लामिछानेकाे प्रश्न- मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमती कसरी राष्ट्रिय सहमती हुन्छ ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २८ गते शुक्रबार ०४:४२

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो...

काठमाडौं ।

गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो बल्ल संविधानको याद आएको भनेर कटाक्ष गरे ।

रास्वपाका मन्त्रीहरुले राजीनामा नदिएर सरकारमा टाँसिएर बसेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै उनले विपद्को बेला जनता बचाउनका लागि सत्तामै बसेको स्पष्ट पारे ।
‘हामीलाई आशंका छ एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्यो ? रातारात संविधानको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो संविधानको याद आयो ?’ उनले प्रश्न गरे ।

गृहमन्त्री लामिछानेले दुई चारजना नेतालाई बाहेक सहमतीको जानकारी अरु कसैलाई नभएको भन्दै मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमती राष्ट्रिय सहमती कदापी नहुने टिप्पणी गरे ।

देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिई गरिएको सहमतीलाई राष्ट्रिय सहमतिको नाम दिँदा ‘राष्ट्रिय’ शब्दको मानमर्दन भएको धारणा राखे ।

‘सदनमा जोडतोडका साथ सहमतीको कुरा चल्यो । तर दुःखका साथ भन्नुपर्छ । एक दुई जना नेता बाहेक सहमती भएको अरु कुनै नेतालाई थाहा छैन् । बिना जानकारीको सहमती न राष्ट्रलाई थाहा छ न देश, जनता र आफ्ना दलका नेतालाई थाहा छ,’ उनले भने ।

प्रकाशित मिति २०८१ असार २८ गते शुक्रबार ०४:४२
हजुरको प्रतिक्रिया