२०८३ साउन २१ गते बिहीबार

प्रविधीमैत्री बन्दै वडा कार्यालय, वेभबाटै दर्ता चलानी र सिफारिस

प्रविधीमैत्री बन्दै वडा कार्यालय, वेभबाटै दर्ता चलानी र सिफारिस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ३ गते बिहीबार ०६:२९

सिफारिस र प्रमाणितको नमुना ढाँचाको आधारमा आवश्यक व्यतिगत विवरण संसोधन मात्रै गरेर छोटो समयमा सेवा लिन मिल्ने बनाइएको छ ।

पोखरा

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ को कार्यालयले प्रविधिमैत्री सेवा दिन थालेको छ ।

वडाले वेभमा आधारित भएर दर्ता चलानी र सिफारिस व्यवस्थापन प्रणालीको सेवा सुरु गरेको हो ।

कोड फ्युजन टेक्नोलोजी प्रालि काठमाडौंसँगको समन्वयमा वडा कार्यालयले बिहीबारदेखि सेवा शुभारम्भ गरेको छ । प्रथम सेवाग्राही रवि केसीले वेभसाइटबाटै सिफारिस लिए ।

वडाध्यक्ष नारायणसिंह थापाले जनतालाई सहज तरिकाले सेवा दिने प्रयास गरेको बताए । प्रविधिको प्रयोगमार्फत सेवा छिटो, छरितो, प्रविधिमैत्री र दीर्घकालसम्म पनि रेकर्ड सहजै हेर्न सकिने उनको भनाइ थियो ।

सिफारिस र प्रमाणितको नमुना ढाँचाको आधारमा आवश्यक व्यतिगत विवरण संसोधन मात्रै गरेर छोटो समयमा सेवा लिन मिल्ने बनाइएको छ । ‘सफ्टवयरबाट नै तयार गरिएका सिफारिसको दर्ता र चलानी हुने भएकाले दर्ता चलानी नम्बर हेर्न ढड्डा र फाइल पल्टाउनुपर्ने बाध्यता हटेको छ । जसले गर्दा समयको वचत भइ धेरै सेवाग्राहीलाई सेवा दिन सकिन्छ’, उनले भने ।

अनावश्यक कागजात तथा प्रिन्ट खर्च नहुने, पुरानो अभिलेख सजिलै प्राप्त गर्न सकिने र कम जनशक्तिले सेवा दिन सकिनेछ ।

वडा कार्यालयले यसअगावै डिजिटल नागरिक वडापत्र, डिजिटल डिस्प्ले वोर्ड जडान गरेको थियो । सेवाग्राहीले कुन सेवा लिँदा के प्रकृया पुरा गर्नुपर्छ डिजिटल माध्यमबाटै हेर्न सक्छन् ।

डिजिटल डिस्प्ले वोर्डको सहायताले वडा कार्यालयमा जनप्रतिनिधीको नाम, फोन नम्बर, कर्मचारीको नाम÷नम्बर, मिति, समय, तापक्रम मापनको साथै वडाले गरेको मुख्य मुख्य कामको फोटो देखाइन्छ ।

प्रकाशित मिति २०८१ साउन ३ गते बिहीबार ०६:२९
हजुरको प्रतिक्रिया