२०८३ साउन २१ गते बिहीबार

पोखरामा हाइलक्स र मोटरसाइकल ठोक्दिा एक जनाको ज्यान गयो

पोखरामा हाइलक्स र मोटरसाइकल ठोक्दिा एक जनाको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ६ गते आइतबार १०:२३

बिहान पौने ६ बजेतिर गाडीको ठक्करले गम्भीर घाइते भएका परियारलाई उपचार लागि गण्डकी मेडिकल कलेज लगिएकोमा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोखरा ।

पोखरामा आज बिहान हाइलक्स र मोटरसाइकल एक आपसमा ठोक्दिा एक जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका–६, लेक साइडस्थित हल्लन चोकमा आज बिहान भएको दुर्घटनामा २६ वर्षीय ईश्वर परियारको ज्यान गएको हो ।

बिहान पौने ६ बजेतिर ग ३ च ३४५७ नम्बरको कारले ग ११ प ९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बिहान पौने ६ बजेतिर हाइलक्सको ठक्करले गम्भीर घाइते भएका परियारलाई उपचार लागि गण्डकी मेडिकल कलेज लगिएकोमा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

हाइलक्सका चालक बर्दिया जिल्ला ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल  पोखरा–१७, डेमसाइड बस्ने ३० वर्षीय सुशील दहित र दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ साउन ६ गते आइतबार १०:२३
हजुरको प्रतिक्रिया