२०८३ साउन २१ गते बिहीबार

राप्रपा केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

राप्रपा केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ७ गते सोमबार ०९:३२

पोखरा । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरीले जनाएको छ । उनको राति १ बजे धारिलो...

पोखरा ।

राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको प्रहरीको भनाइ छ ।

मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी बताएको छ ।

८० वर्षीय राय ३० वर्षअघि राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनी परिवारसहित मलंगवा बस्ने गरे पनि बेलाबेला चन्द्रनगरमा रहेको पुरानो घरमा जाने गर्थे ।

सोही क्रममा हिजो मात्रै पुरानो घर पुगेको बेला रायको हत्या भएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति २०८१ साउन ७ गते सोमबार ०९:३२
हजुरको प्रतिक्रिया